काठमाण्डौ । गरिमा विकास बैंकले आफ्ना सेयरधनीलाई बोनस सेयर र नगद लाभांशको डबल अफर सार्वजनिक गरेको छ । 

यो बैंकको भदौ २५ गते सम्पन्न बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत नगद लाभांश(करसहित) वितरणको निर्णय गरेको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी २ अर्ब ५३ करोड रहेको छ । यो हिसाबले कम्पनीले २५ करोड ३५ लाख बराबरको बोनस सेयर वितरण गर्ने देखिन्छ । बोनस वितरणपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ७९ करोडको हाराहारीमा पुग्नेछ । 

बोर्डको यो निर्णय नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।