काठमाण्डौ । नाडाको लुम्बिनी प्रदेशअन्तर्गत रहेको संस्थागत सदस्य लुम्बिनी अटोमोबाइल्स एसोसिएसन नेपालले पनि बुटबलको बसपार्कमा शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजना गरेको छ। 

नाडाले घोषणा गरेको देशव्यापी आन्दोलनअन्तर्गत लुम्बिनी एसोसिएसनले पनि प्लेकार्डसहित विरोध प्रदर्शन गरेको हो। लुम्बिनी एसोसिएसनका अध्यक्ष गणेश भट्टराइले सरकारले कार, जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयात खुला गरे पनि बैंकहरुको उच्च ब्याज दरका कारण सवारीसाधनहरुको बिक्रीवितरण हुने वातावरण बन्न नसकेको बताए। उनले अझै थुप्रै जटिलताहरु रहेको धारणा पनि राखे। 

त्यसअघि लुम्बिनी एसोसिएसनका पदाधिकारीहरुले नेपाल राष्ट्र बैंक भैरहवामा ज्ञापनपत्रसमेत बुझाएका थिए।