काठमाण्डौ । चिनियाँ ई–कमर्श कम्पनी अलिबाबाका संस्थापक ज्याक माले अर्को नयाँ व्यवसाय सुरु गरेका छन् ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार उनको पछिल्लो कम्पनीको रुपमा खाद्य व्यवसाय अगाडि आएको छ । यसको अधिकृत पूँजी १ करोड चिनियाँ येन  अर्थात् १४ लाख अमेरिकी डलर रहेको छ ।  गत बुधबार मात्रै उनले  ‘हाङचाउ माज किचन फूड’ भन्ने खाद्य कम्पनी स्थापना गरेका हुन् ।

हाङचाउ उनको गृह नगर हो । उक्त कम्पनीको सबै स्वामित्व माको लगानी भएको कम्पनी हांग्जो दाजिङटाउको नाममा भएको बताइएको छ । कम्पनीले प्रि–प्याकेज्ड खानेकुराको बिक्री वितरण तथा कृषिजन्य उपजको प्रशोधन र खुद्रा बिक्री समेत गर्ने बताइएको छ । 

चीन सरकारले उनको प्रविधि कम्पनीमाथि कडाइ गरेयता कृषि क्षेत्रमा उनको रुचि घट्दै गएको छ भने प्रविधि कम्पनीमा लगानी अपेक्षाकृत रुपमा बढ्न सकेको छैन ।
वित्तीय नियामकीय कडाई पछि उनी केही वर्षयता विश्वभर डुल्न थालेका छन् । उनी विश्वभ्रमण गर्न स्पेन, जापान,नेदरल्यान्ड, तथा थाइल्यान्डतर्फ जाने गरेका छन् । त्यहाँ उनले एग्रोटेकको अध्ययन गरिरहेका छन् । उनी केहि महिनाअघि मात्र नेपाल पनि आएका थिए ।


कुनै बेला चीनको प्रविधि क्षेत्रका ‘पोष्टर ब्वाई’ थिए ज्याक मा । सन् २०२० मा सार्वजनिक भाषणमा चीनको वित्तीय नियामक प्रणालीविरुद्ध अभिव्यक्ति दिएपछि चीन सरकार उनीसँग चिढिएको थियो ।कुनै बेला एशियाकै धनी व्यक्ति उनको व्यक्तिगत सम्पत्ति पनि घटेर आधाभन्दा तल आएको छ ।

नियामकलाई जरिवाना पनि तिर्नु परेपछि उनी सार्वजनिक स्थलमा पनि खासै देखिने गरेका छैनन् ।आधाभन्दा बढी सम्पत्ति उनको अलिबाबामा रहेको ६.३ प्रतिशत हिस्साबाट आउने गरेको छ । उनको अहिले कुल नेटवर्थ २५ बिलियन डलर छ । 
को हुन् मा ?
माको जन्म पूर्वी चीनको हाङचाउ शहरमा सन् १९६४ को सेप्टेम्बर १० मा एक गरीब परिवारमा भएको थियो । सुरुवाती समयमा पेशाले शिक्षक रहेका उनले १७ जना साथी र विद्यार्थीहरूसँग मिलेर सन् १९९९ मा आप्mनै अपार्टमेन्टमा अलिबाबा कम्पनी स्थापना गरेका थिए ।

उनले आफ्नो अनलाइन मार्केटप्लेसमा लगानी गर्नका लागि साथीहरूलाई मनाउन निक्कै प्रयास गर्नु परेको थियो । यसअघि पनि कम्पनी स्थापना गर्ने उनको दुईओटा प्रयास असफल भइसकेको थियो । कम्प्युटिङको पृष्ठभूमि नै नभएक उनले अलिबाबाबाट कहिल्यै निराश भने हुनु परेन । 

समय क्रमसँगै अलिबाबा अनलाइन मार्केटप्लेसबाट विश्वमै बिशाल ई–कमर्श कम्पनी बन्यो । सन् २०२३ नोभेम्बर २४ को तथ्यांक अनुसार अहिले अलिबाबाको सम्पत्ति २०१.३१ बिलियन डलर रहेको छ । अलिबाबाकै कारण उनी पनि चीनको सबैभन्दा धनी व्यक्तिको सूचीमा पर्न सफल भएका छन् ।

अमेरिकी व्यावसायिक पत्रिका फोब्र्सका अनुसार उनको सम्पत्ति साढे २० बिलियन डलरभन्दा धेरै छ । सन् २००३ मा ई–कमर्श कम्पनीका रूपमा विस्तार हुनुपूर्व अलिबाबाले व्यवसायीहरूका लागि ट्रेडिङ मञ्चको रूपमा काम गर्ने गरेका थिए ।

सुरुमा प्रविधिको ञानसँगसँगै धेरै पैसा पनि नभएका उनमा प्रतिभा र रणनीतिक दृष्टिकोण चाहिं अदभूति थियो भन्दा हुन्छ ।

यो नै उनको सबैभन्दा ठूलो सम्पत्ति बन्यो। कर्मचारी, उपभोक्ता र मुख्यतः सेयरधनीहरूलाई मनाउन सक्ने उनको क्षमता राम्रो छ । यस मामिलामा उनी जादूगर नै हुन् भन्दा पनि हुन्छ । -एजेन्सी