काठमाण्डौ । तिनाउ विकास बैंक लिमीटेडले थोरै भए पनि नगद लाभांशसहित बोनस सेयर समेत वितरणको निर्णय गरेको छ । 

भदौ ३० गते सम्पन्न कम्पनीको २१३ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय नेपाल राष्ट्रबैंक  र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।