काठमाण्डौ । राजधानीमा मुख्य कार्यालय रहेको निर्धन उत्थान बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई ६६.६७ प्रतिशत बोनस सेयर र १४.०४ प्रतिशत बराबरको नगद लाभांश वितरणको निर्णय गरेको हो ।
हालसम्म गत आबको नाफाबाट लाभांश वितरण गर्नेमध्ये सबैभन्दा बढी लाभांशको घोषणा गर्नेमा निर्धन उत्थान बैंक नै अगाडि देखिएको छ । कुल मिलाएर यो बैंकले ८०.७१ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।
भदौ २२ गते बसेको कम्पनीको २२५ औं बैठकले ४० करोड रुपैयाँ बराबरको बोनस सेयर र ८ करोड ४२ लाख १० हजार ५ सय २६ रुपैयाँ बराबर नगद लभांश वितरण गर्ने निर्णय गरेको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ ।
नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र यो निर्णय कार्यान्वयनमा आउनेछ ।
यो कम्पनीले आर्थिक वर्ष २०२७/७३ को नाफाबाट २० प्रतिशत बोनस सेयर र ११.५७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
गत आर्थिक वर्षमा यो माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म ५८ करोड ३४ लाख खूद नाफा आर्जन गरेको थियो । यो नाफा कम्पनीको चुक्तापूँजीभन्दा १ करोड ६६ लाख मात्र कम हो । अघिल्लो वर्ष भन्दा नाफामा १८ करोड बढीले प्रगति गरेको यो कम्पनीले सेयरधनीलाई समेत त्यसको प्रतिफल दिएको हो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19