काठमाण्डौ । सप्तरीको महुलीमा मुख्य कार्यालय रहेको महुली सामुदायिक लघुवित्त बित्तीय संस्थाले आफ्ना सेयरधनीहरुका लागि बम्पर अफर सार्वजनिक गरेको छ । यो कम्पनीले आफ्ना लगानीकर्तालाई एकसाथ तीनवटा अफर दिएको हो । 

यो माइक्रोफाइनान्स कम्पनीको असोज २१ गते बसेको संचालक समितिको ६७ औं बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्ना सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि समेत जोडी १० प्रतिशत नगद लाभांश र हाल कायम चुक्तापूँजीको ५० प्रतिशत हकप्रद सेयर वितरणको निर्णय गरेको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी ४ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद समेत वितरणपछि यो कम्पनीको चुक्तापूँजी ९ करोड पुुग्नेछ । 

महुली लघुवित्तको पछिल्लो सेयर कारोबार प्रतिकित्ता १६५८ रुपैयाँ रहेको छ ।