काठमाण्डौ । मेरो माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्नो सेयरधनीलाई मालामाल गराउने प्रस्ताव गरेको छ । यो माइक्रो फाइनान्सले सेयर र नगद लाभांश गरी कुल ४२.१०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । 

यो माइक्रो फाइनान्सको साउन २५ गते बसेको बोर्ड बैठकले ३० प्रतिशत बोनस सेयर र १२.१०५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित सूचनामा उल्लेख छ । 

यो प्रस्ताव नेपाल राष्टबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

गत वर्ष यो माइक्रो फाइनान्सले १० प्रतिशत सेयर र १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो। 

मेरो माइक्रो फाइनान्सले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म ९ करोड २८ लाख खूद नाफा आर्जन गरेको थियो । यो कम्पनीको चुक्तापूँजी २२ करोड रुपैयाँ रहेको छ । ३० प्रतिशत बोनस सेयरको व्यवस्थापनपछि चुक्तापूँजी २८ करोड ६० लाखको उचाईमा पुुग्नेछ ।