काठमाण्डौ । नूवाकोटमा मुख्य कार्यालय रहेको मेरो माइक्रोफाइनान्सले लगानीकर्ताको दुवै हातमा लडडू पर्ने गरी लाभांश प्रस्ताव गरेको छ । 

यो कम्पनीको साउन २९ गते बसेको संचालक समितिको ७२ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

यसरी कम्पनीले कुल २६.३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । 

यो निर्णय नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । 

मेरो माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७४/७५ मा ९ करोड ४७ लाख खूद नाफा आर्जन गरेको थियो ।

गत वर्ष मेरो माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडले सेयर र नगद लाभांश गरी कुल ४२.१०५ प्रतिशत लाभांश वितरण गरेको थियो । यो माइक्रो फाइनान्सले ३० प्रतिशत बोनस सेयर र १२.१०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।