काठमाण्डौ । समता माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।
नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित एक सूचनाअनुसार समताको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरिएको हो ।
नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भई कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले घोषित लाभांश पाउनेछन् ।
यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ७३ लाख ८५ हजार खूद नाफा आर्जन गरेको थियो ।
गत वर्ष समता माइक्रो फाइनान्सले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र ११.५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago