काठमाण्डौ । समता माइक्रो फाइनान्सले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र ११.५८ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ । 

यो कम्पनीको शनिवार बसेको ५३ औं संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र ११.५८ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ ।