काठगमाण्डौ । नाडाको गण्डकी प्रदेशअन्तर्गत रहेको संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनले (वाडा) पनि पोखराको मानवअधिकार चोकमा शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजना गरेको छ। 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले घोषणा गरेको देशव्यापी आन्दोलनअन्तर्गत वाडाको अगुवाइमा अटो व्यवसायीहरुले पनि विरोध प्रदर्शन गरेका हुन्। 

वाडाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको नेतृत्वमा भएको प्रदर्शनमा पोखरा उद्योग वाणिज्य संघ, वस्तुगत संघ, कास्की मोटरसाइकल अटो एसोसिएसन, नेपाली युवा उद्यमी मञ्च पोखर लगायतका संस्थाहरुले समेत समर्थन र एक्येवद्धता जनाएका थिए । विरोध कार्यक्रममा नाडाका उपाध्यक्ष मोहनबाबु खड्का, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, एन वाइइएफका अध्यक्ष सुयस मल्ललगायतले आन्दोलनको औचित्य र आवश्यकताबारे आआफ्नो धारणा राखेका थिए ।

प्रदर्शनमा उत्रिएका व्यवसायीहरुले अटो कर्जामा बढाइएको जोखिम भार घटाउनुपर्ने, नगद मार्जिनको ब्यवस्था हटाउनुपर्ने, चालु पुँजी कर्जा मार्गदर्शन २०७९ हाललाई स्थगन गर्नुपर्ने, अटो कर्जाको सीमा बढाउनुपर्ने, बैंकले लगाउँदै आएको उच्च प्रिमियम दर नियन्त्रण गर्नुपर्नेजस्ता मागहरु राखेका थिए ।