काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले सेयरधनीलाई निकै न्यून लाभांश वितरणको घोषणा गरेको छ । 

यो कम्पनीको मंसिर २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट असारसम्म कायम चुक्तापूँजीको ३.६२८ प्रतिशत बोनस सेयर र १.६३५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

असारसम्म यो बैंकको चुक्तापूँजी ८ अर्ब ३ करोड ३२ लाख रुपैयाँ रहेको थियो । यो हिसाबले बैंकले २९ करोड १४ लाख ४५ हजार रुपैयाँ बराबरको बोनस सेयर र १३ करोड १३ लाख ५६ हजार १ सय ४३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नुपर्नेछ । 

यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

बोनस सेयर वितरणपछि बैंकको चुक्तापूँजी ८ अर्ब ३२ करोड माथि पुग्नेछ ।