काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेडको सहायक कम्पनी सिद्धार्थ क्यापिटल लिमीटेडले आफ्ना सेयरधनीलाई सतप्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गर्दै त्यसलाई पारित गर्न वार्षिक साधारणसभा समेत आह्वान गरेको छ। 

यो मर्चेन्ट बैंकले आगामी असोज ३० गते लाजिम्पाटस्थित होटल शंकरमा छैठौं वार्षिक साधारणसभा आह्वान गरेको हो । 

साधारणसभाले बोनस सेयर र नगद लाभांशको माथि उल्लिखित प्रस्तावलाई पारित गर्नेछ । यस्तै, रजिस्टर्ड अफिसलाई बबरमहलबाट नक्सालमा सार्ने प्रस्ताव समेत पेश हुनेछ ।