NMB Bank Limited
काठमाण्डौ । बैंकहरुले धमाधम नगद लाभांश वितरणको प्रस्ताव गरिरहेको बेला निराश सर्वसाधारण लगानीकर्ताहरुलाई राहात हुने गरी एनएमबी बैंकले बोनस सेयरसहित ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
बैंकको मंसिर ५ गते बसेको संचालक समितिको ३६९ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
बैंकले ८७ लाख ४३ हजार ७ सय ८४.२३ कित्ता बोनस सेयर र १ अर्ब ७४ करोड ८७ लाख ५६ हजार ८ सय ४५.८१ रुपैयाँ बराबर नगद लाभांश वितरण गर्नेछ ।
यो निर्णय नियामक नेपाल राष्टबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।
हाल एनएमबी बैंकको हालको चुक्तापूँजी ८ अर्ब ७४ करोड रहेको छ । बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर ९ अर्ब ६९ करोड माथि पुग्नेछ ।
गत वर्ष एनएमबी बैंकले १ अर्ब ८९ करोड २९ लाख बराबरको लाभांश वितरण गरेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago