काठमाण्डौ । हिमालयन बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । 

बैंकको पुस ३ गते बसेको संचालक समितिको ३६४ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र १०.७८९५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

प्रस्तावित ५ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्तापूँजी बढेर ८ अर्ब ५१ करोडको उचाईमा पुग्नेछ ।