काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र ११.८४२१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

कम्पनीको असोज ९ गते बसेको संचालक समितिको २९२ औं बैठकले चुक्तापूँजीको २५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो । यसैगरी,

बोनस सेयरको कर प्रयोजनसहित कुल ११.८४२१ प्रतिशत नगद लाभांश वितरणको समेत प्रस्ताव गरेको छ । 

हाल यो कम्पनीको चुक्तापूँजी ५० करोड ३१ लाख रुपैयाँ रहेको छ। यो हिसाबले कम्पनीले १२ करोड ५७ लाख बराबरको बोनस सेयर वितरण गर्नेछ ।

यस्तै, ५ करोड ९५ लाख ७८ हजार ८ सय ९९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । 

नियामक नेपाल राष्टबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी ६३ करोडको हाराहारीमा पुग्नेछ ।