काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमीटेडले आफ्ना सेयरधनीका लागि लाभांशको डबल अफर प्रस्ताव गरेको छ । 

यो बैंकको मंसिर २७ गते बसेको संचालक समितिको ९९ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश  वितरणको प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

प्रस्तावित बोनस सेयरको वितरणपछि यो बैंकको चुक्तापूँजी ८ अर्ब ५ करोडको उचाईमा पुग्नेछ ।