काठमाण्डौ । स्वाबलम्बन लघुवित्त विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ३१.५७८९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । 

यो माइक्रोफाइनान्स कम्पनीको असोज २० गते बसेको २७४ औं बोर्ड बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११.५७८९ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय अनुसार कम्पनीले सेयरधनीलाई ८ लाख ३७ हजार ९ सय २६ कित्ता सेयर बोनसको रुपमा वितरण गर्नेछ भने ४ करोड ८५ लाख ११ हजार ५ सय ५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

हाल यो माइक्रोफाइनान्स कम्पनीको चुक्तापूँजी ४१ करोड ८९ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी ४६ करोड ६० लाख माथि पुुग्नेछ । 

यो कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १७०७ रुपैयाँ रहेको छ ।